२०८३ जेष्ठ ३० गते , शनिबार
बालगृहबाट भागेका चार जना प्रहरी नियन्त्रणमा
विराटनगर। बालसुधार गृहबाट शनिबार भागेका चारजना बालविज्याइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। बालसुधार गृहको छतबाट हामफाली शनिबार बिहान ३:१५ बजे भागेका चारजना मध्येका एकजनालाई भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। थप तीनजनालाई आज (आइतबार) बिहान ९:१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका आरआइटी शाखाको टोलीले खोजतलास गर्ने क्रममा विराटनगर–४ स्थित पुलचोक नहरछेउबाट नियन्त्रणमा लिइएको डिएसपी मुकारुङले जानकारी दिए। डिएसपी मुकारुङका अनुसार छतबाट हाम फालेर भागेका बालकहरू सामान्य घाइतेसमेत रहेको पाइएकोले उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ।