२०८३ जेष्ठ ३० गते , शनिबार
माओवादी केन्द्र झापाका सचिव साम्पाङलाई मातृशोक
झापा । नेकपा माओवादी केन्द्र झापा जिल्लाका सचिव मणिकुमार साम्पाङ (विजय)लाई मातृ शोक परेको छ । सचिव साम्पाङकी आमा कमला राईको ब्रेन हेमरेजका कारण ६९ वर्षको उमेरमा निधन भएको हो । कनकाई नगरपालिका ७ दुर्गापुर निवासी राईको जन्म २००८ साल भदौ ३ गते भएको थियो । कमलाका दुई छोरा मध्ये विजय कान्छा छोरा हुन् ।
उनका जेठा छोरा धनकुमार भारतीय सैनिकमा कार्यरत छन् । मृतक कमलाका श्रीमान् मानबहादुर राई र दुई छोरा बुहारीमा धनकुमार–शान्ता तथा विजय– सुशीला रहेका छन् । मृतक राईको भोलि सोमबार बिहान ११ बजे धार्मिक परम्परा अनुसार कोटी होम पूर्व वन क्षेत्रमा अन्त्येष्टि गरिने बताइएको छ ।