रोटरी क्लब बिर्तामोडको अध्यक्षमा गट्टानी
झापा । रोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा नवीन गट्टानी चयन भएका छन् । अर्जुनधारा निवासी युवा उद्योगीका रुपमा परिचित गट्टानी सन् २०२१/०२२का लागि अध्यक्षमा चयन भएका हुन् ।
क्लबको आईपीपीमा निर्मल भट्टराई रहेका छन् भने सेक्रेटरीमा सञ्जीव घिमिरे, प्रेसिडेन्ट इलेक्टमा ओमकृष्ण विमली, प्रेसिडेन्ट नोमिनीमा वविता गिरी, भोइस प्रेसिडेन्टमा सुरेशकुमार अग्रवाल भद्रपुरे, ट्रेजररमा आमोद आचार्य रहेका छन् ।
त्यस्तै क्लब एड्मिनिस्टेसनमा निकिता गिरी, डाइरेक्टर रोटरी फाउन्डेसनमा राजकुमार पोखरेल, डाइरेक्टर मेम्बर सिपमा प्रकाश सिवाकोटी, सर्भिस प्रोजेक्टमा सुरेश वंशल, यूथ सर्भिसमा विनोद बस्नेत , पब्लिक इमेजमा मीनप्रकाश मैनाली सरजेन्ट अफ आम्समा आशा चटौत आचार्य, क्लब मेम्बरमा जितेन्द्र बस्नेत, क्वल टेनरमा कुमार गिरी रहेका छन् ।
रोटरी क्लब अफ बिर्तामोडले झापाका विभिन्न सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रोजेक्ट, अपाङ्ग छात्रामैत्री शौचालय, मेची प्रादेशिक अस्पताललाई पीसीआर परीक्षण गर्ने, मेसिन, इलाका प्रहरी कार्यालय अनारमनि र जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा बिर्तामोड नगरपालिकालाई कोभिडबाट बच्नका लागि स्वास्थ्य सामग्रीसहितका उपकरण वितरण गरेको थियो ।