२०८३ असार १ गते , सोमबार
अविरल वर्षाका कारण बाह्रदशी गाउँपालिकाका घर डुबानमा
झापा । अविरल वर्षाका कारण बाह्रदशी गाउँपालिकाका दुई घर डुबानमा परेका छन् । बाह्रदशी वडा नम्बर १ बोक्राझारीका दुई घर डुबानमा परेका हुन् । हिमाली मार्ग छेउबाट बग्ने पैनीको पानीले ग्रहण राजवंशी र माताल मर्डीको घर डुबानमा परेको वडा सदस्य सुकुल मुर्मूले जानकारी दिए । हिजोदेखि लगातार परिरहेको मुसलधारे वर्षाका कारण बाह्रदशी १ का अन्य केही घरमा पनि पानी पसेको उनले बताए ।