२०८३ असार ५ गते , शुक्रबार
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर इलाममा एक जनाको मृत्यु
इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका ५ निवासी ४२ वर्षीय प्रवीण राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने गएका थिए ।
माछा मार्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।