२०८३ असार ५ गते , शुक्रबार

सुकेटार विमानस्थलमा नियमित उडान सुरु

sajilo news
पार्थ मण्डल
२०७८ असार २१ गते , सोमबार
सुकेटार विमानस्थलमा नियमित उडान सुरु

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि नियमित उडान हुने भएको छ । कोरोना संक्रमणकका कारण स्थगित उडान २ महिनापछि सुरु हुने भएको हो ।

सोमबार काठमाडौँबाट यात्रु लिएर आएको जहाज भने मौसम खराबीका कारण अवतरण नभएको विमान स्थलका प्रमुख लोकेन्द्र हाङगामले जानकारी दिएका छन् । सुकेटारमा अब हप्तामा ४ दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने विमानस्थलका प्रमुख लोकेन्द्र हाङ्गामले बताए ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर विमानस्थल खुला गरिने हाङ्गामले बताए छ । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले गत वैशाखबाट आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द गरेको थियो । रासस

सम्बन्धित समाचार