२०८२ माघ ५ गते , सोमबार

हाइटीका राष्ट्रपति मोइसको हत्या 

sajilo news
पार्थ मण्डल
२०७८ असार २३ गते , बुधबार
हाइटीका राष्ट्रपति मोइसको हत्या 

एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको छ। राष्ट्रपति मोइसको गएराति आफ्नो निजी निवासमै हत्या भएको हाइटीका प्रधानमन्त्री क्लाउडे जोसेपले जनाएका छन्।  

केही हतियारधारी व्यक्तिहरुले मोइस र उनको परिवारमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणको क्रममा उनीहरुले स्पेनिस भाषामा बातचित गरेको तर आक्रमणकारीको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रधानमन्त्री जोसेपले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
 

सम्बन्धित समाचार