एमाले विवाद मिल्यो, १० बुँदे सहमति
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलमा १० बुँदे सहमति जुटेको छ । अहिले राति साव १० बजे सिंहदरबारमा सम्पन्न बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले बताए । आइतबार १२ घण्टा चलेको कार्यदलको बैठकले उक्त सहमित गरेको हो । कार्यदलमा भएको सहमतिका बुँदा शीर्ष नेताहरुलाई बुझाउने नेता रावलले बताए । उनका अनुसार कार्यदलले गरेको सहमित अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई बुझाइनेछ ।
एमाले सचिव प्रदीप ज्ञवालीले पार्टीभित्र रहेको अन्तरविरोधलाई विधिसम्मत टंगले अन्त्य गर्ने सहमित भएको छ। यस्तै २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरुलाई राखी अन्यलाई पुरानै अवस्थामा राख्ने सहमति पनि जुटेको उनले बताउ । यसैगरी सदस्यता नवीकरणलगायत महाधिवेशनका लागि कार्यदल गठन गरिने सहमति पनि भएको छ। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो।