कनकाईमा रोटरी पत्रकारिता पुरस्कार स्थापना
झापा । रोटरी क्लब अफ र रोट्रयाक्ट क्लब सुरुङ्गाको पद हस्तान्तरण भएको छ । नयाँ कार्यकालका लागि रोटरी क्लब अफ सुरुङ्गा सन् २०२१ ०२२ का अध्यक्ष सुशिलकुमार श्रेष्ठ र रोट्रयाक्ट क्लबका अध्यक्ष दिपेन ओलीले शपथ र पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई संस्थापक अध्यक्ष एलपी उप्रेती र ओलीलाई रोट्रयाक्ट निवर्तमान अध्यक्ष डा.. मनिस उप्रेतीले शपथ खुवाएका थिए । नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पूर्व अध्यक्ष कुमार पोखरेलले रोटरीको व्याज प्रदान गरेका थिए ।
सुरुङ्गास्थित होटेल डिलाईटमा कोरोना सचेतना अपनाउँदै भौतिक उपस्थिति र भर्चुअलबाट पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । शपथ ग्रहण पस्चात अध्यक्ष श्रेष्ठ र ओलीले आफ्नो कार्य समिति टिमलाई शपथ ग्रहण गराएका थिए ।
रोटरी क्लब सुरुङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी क्लबका डिष्ट्रिक गभर्नर सन्तोषप्रसाद रिजालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मीड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, रोटरी क्लब सुरुङ्गाका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, प्रमुख अतिथि रिजालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत खेम प्रसाईँ, धन्यवाद मन्तव्य मोतिखर ओझा, टोस्ट प्रकट सुस्मा उप्रेती, कार्यक्रमको सञ्चालन रोटरी क्लब सचिव शरला पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले गरेकी थिइन् ।
पद हस्तान्तरण समारोहमा प्रत्येक वर्ष वितरण गर्ने गरी रोटरी पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ । पुरस्कारको राशि १५ हजार रहेको छ । यो पुरस्कार कनकाई नगरपालिकाक्षेत्रबाट स्थापना भएको इतिहासकै हालसम्मकै पहिलो पुरस्कार हो ।