दमकको पेरुङ्गो होटेलमा प्रहरीको छापामा, नगदसहित ६ जुवाडे पक्राउ
झापा । दमक नगरपालिका- ८ स्थित पेरुङ्गो होटेलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल सञ्चालक दमक नगरपालिका- ७ निवासी ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका-५ निवासी २९ वर्षीय कैलाश लिम्बु, सोही ठाउँका ३३ वर्षीय मोहन ढुङ्गाना, नगरपालिका- ६ निवासी ३८ वर्षीय द्रोणाचार्य कार्की, सोही ठाउँका ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटेलको दोस्रो तलामा कोठामा जुवा तास खेल भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिवार दिउँसो ४: ४० बजे छापा मारेको थियो ।
प्रहरीले छापा मारेर उनीहरूसहित जुवा खालबाट नगद एक लाख ६० हजार, तीन बुक तासा र १५६ तासको पत्ता बरामद गरेको डिएसपी थापाले बताए । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प