२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा। झापाको बिर्तामोड नगरपालिका–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल छेउबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० ईलामेली टोलका २४ वर्षीय समीर राई रहेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाइकल सवार न्यौपानेको साथबाट लागू औषध ब्राउन सुगर १२ ग्राम बरामद भएसंंगै आवश्यक अनुसन्धानको लागि मोटरसाइकल पछाडि सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प