सुनको बिकिनी लगाएकी विश्वकै कान्छी अरबपति महिला भइन् ट्रोल
एजेन्सी । विश्वकै कान्छी अरबपति काइँली जेनरले सुनको बिकिनी लगाएको तस्बिर सार्वजनिक भएको छ । सन् २०१९ मा उनी फोर्ब्सको अरबपतिको सूचीमा पर्न सफल भएकी थिइन्। अहिले भने उनको सम्पत्ति ७०० मिलियन अमेरिकी डलर भएको बताइएको छ।
फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सन् २०१९ को अरबपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्। एक्काइस वर्षमै अरबपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जकर्बर्गलाई पनि उछिनेकी छन्।। कान्छा अरबपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। बेलाबेला आफ्ना पोस्टका कारण चर्चाको शिखरमा पुग्छिन् भने कहिले विवादित पनि बन्दै आएकी छिन्। उनको शारीरिक सौन्दर्यको राज प्लास्टिक सर्जरी हो भनेर ट्रोल हुने गरेको छ। तर उनले सेल्फ मेड बिलिनियर अर्थात् आफ्नै मिहिनेतले अरबपति बनेको भनेर उपमा पाएकी छिन्। यो समाचार तयार पार्दा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा उनका २२५ मिलियन फलोअर्स ९२२ करोड ५० लाख छन् ।
उनी विशेषगरी सामाजिक सञ्जालमा आफ्नो साथै आफ्नो कम्पनीको कस्मेटिक उत्पादनको तस्बिर पोस्ट गर्छिन्। यति बेला फेरि एउटा पोस्टका कारण उनको चर्चा भइराखेको छ। वास्तवमा सुनको बिकिनी लगाएको कारण उनी चर्चामा आएकी हुन्। पेगासिक्स डटकमका अनुसार हाल सार्वजनिक भएको तस्बिरमा उनी सुनको बिकिनीमा देखिएकी छिन्।
उनले लगाएको बिकिनीमा २४ क्यारेट सुन भएको बताइएको छ। काइँलीले लगाएको सुनको बिकिनको मूल्य १६ सय ५७ अमेरिकी डलर हो भने थोङ ‘अन्डरवेयर’ मूल्य १६ सय ५७ अमेरिकी डलर नै हो। यस्तै मिनी स्कर्टको मूल्य भने १७ सय ५७ अमेरिकी डलर भएको बताइएको छ। यी डिजाइनका कपडाहरू चाँडै काइँली कस्मेटिक्सबाट अनलाइन मगाउन सकिने बताइएको छ।