२०८२ कार्तिक ३० गते , आईतबार

सूर्योदय क्विज सिजन ५ को उपाधि सिता रमेश बहुमुखी क्याम्पसलाई

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३० गते , शनिबार
सूर्योदय क्विज सिजन ५ को उपाधि सिता रमेश बहुमुखी क्याम्पसलाई
झापा । सूर्योदय क्विज सिजन ५ को उपाधि ‘सिता रमेश बहुमुखी क्याम्पस’बुद्वशान्ति झापाले जितेको छ । शनिवार भएको ग्रान्ड फिनालेमा ‘सिता रमेश बहुमुखी क्याम्पस’ले उपाधि जितेको हो । यस्तै प्रतियोगितामा जनता बहुमुखी क्याम्पस इटहरी दोस्रो,मोडल कलेज दमक तेस्रो र महेन्द्र मेमोरीयल एकेडेमी दुहबी,सुनसरी र पथरी बहुमुखी क्याम्पस मोरङ सान्त्वना भएका छन् ।

प्रतियोगिताको विजेताहरूले क्रमशः ५०,हजार,२५ हजार,१५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।विजेताहरूलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेल र सूर्योदय टिभी एन्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भयो ।

गत फागुन देखि सुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा,मोरङ,सुनसरी,इलाम,पाँचथर,ताप्लेजुङ लगायतका जिल्लाबाट १ सय वटा कलेज सहभागी भएका थिए ।कलेजमा प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको जुरी निर्णायकको रुपमा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहनु भएको थियो । विद्यार्थीमा भएको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिनु भयो ।

सूर्योदय क्विज सिजन ५लाई ब्रोडलिङ्क नेटवर्कले मुख्य प्रायोजन तथा सिम्रिक साकोस बिर्तामोड,वाटर किङ्गडम पार्क एन्ड रिसोर्ट झिलभिले,किङ्सटन इन्स्टिच्युट अस्ट्रेलिया,मनकामना कलेज बिर्तामोडले प्रायोजन गरेको थियो ।यस्तै एलाइन्स मोटर्स (हुन्डाई) बिर्तामोड,रोयल टेलर्स बिर्तामोड,नेशनल साउन्ड सर्भिस बिर्तामोड,ग्लोबल लिङ्क प्रिन्ट एन्ड एडर्भटाइजिङ्ग बिर्तामोड र न्यु सिटी पार्टी प्यालेस एन्ड कन्फ्रेन्स हलले पनि प्रतियोगितालाई सह–प्रायोजन गरेको थियो । सूर्योदय टेलिभिजनले सूर्योदय क्विज,स्पिच कन्टेस्ट लगायतका कार्यक्रमहरू प्रतियोगिताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार