२०८३ बैशाख ३ गते , विहीबार
इन्डियन आइडलको उपाधि पवनदीप राजनले जिते
झापा । १२ औँ संस्करणको इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्। भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा उत्ताराखण्डका २३ वर्षीय राजनले उपाधि जितेका हुन्। उनले फाइनल पुगेका पाँच जनालाई पछि पार्दै उपाधि उचालेका हुन्। उपाधि जितेसँगै उनले नगद २५ लाख र कार पाएका छन् । राजन गायनका साथसाथै वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। फाइनलमा कोलकताकी अरुणिता कांजीलाल दोस्रो भएकी छिन् । सायली कांबले तेस्रो, मोहम्मद दानिश चौथो, निहाल तारो पाँचौ र शनमुख प्रियाले छैठो स्थान पाएका थिए ।