२०८३ बैशाख ३ गते , विहीबार

एमाले फुट्यो, नेपाल समूहको पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला किताब

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २ गते , बुधबार
एमाले फुट्यो, नेपाल समूहको पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला किताब

झापा । अन्नतः नेकपा (एमाले) औपचारिक रुपमा फुटेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै एमाले विभाजनले औपचारिकता पाएको हो।  नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको नेता मेटमणि चौधरीले बताए। 

उनले भने, 'हामीले नयाँ पार्टी दर्ताको लागि सबै प्रक्रिया पूरा गरेर दिइसकेका छौँ। अब निर्वाचन आयोगबाट स्वीकृती कुरिरहेका छौँ।'  नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको उनले बताए। सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो। 

सम्बन्धित समाचार