२०८३ जेष्ठ १२ गते , मंगलबार

सर्वसम्मत घोषणा गर्न खोजे बहिष्कार गर्ने भीम रावलको चेतावनी

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १२ गते , आईतबार
सर्वसम्मत घोषणा गर्न खोजे बहिष्कार गर्ने भीम रावलको चेतावनी

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत घोषणा भए आफूले बहिष्कार गर्ने बताएका छन्।

दलका पदाधिकारी चयनका लागि निर्वाचन भए उम्मेदवारी दिने उनले बताएका छन्। एमाले अध्यक्ष  केपी ओलीले पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत गर्न छलफल बोलाएका छन्। उक्त छलफलमा उपस्थित नभएका रावलले प्रतिनिधिहरूसँग मत माग्दै हिँडेका थिए। पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत घोषणा गर्न खोजे आफूले बहिष्कार गर्ने उनले बताएका छन्। उनले अध्यक्षबाहेकको कुनै पनि पदमा आफूले स्वीकार नगर्ने स्पष्ट पारेका छन्।  

उनले सर्वसम्मत घोषणा  गरिए जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताउँदै आएका छन्।

सम्बन्धित समाचार