२०८३ जेष्ठ १२ गते , मंगलबार
माओवादी केन्द्र भद्रपुर नगर अध्यक्षमा शिवकुमार र सचिवमा हंशधर
भद्रपुर । नेकपा माओवादी केन्द्र भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध चयन भएका छन् । नगर अधिवेशनबाट उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णीका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अलि निर्विरोध चयन भएका छन् ।
त्यस्तै, नगर सचिवमा हंशधर राजवंशी, सहसचिवमा चूडामणि (राजु) दाहाल र कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । नेतृत्व सर्वसम्मत बनाउने कसरत भएका कारण अधिवेशन तीन दिनसम्म चलेको थियो । अधिवेशनले ६५ सदस्यीय नगर समिति चयन गरेको बताइएको छ ।