२०८२ कार्तिक ३० गते , आईतबार

‘बजरंगी भाइजान–२’ चलचित्र बन्ने

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
‘बजरंगी भाइजान–२’ चलचित्र बन्ने

एजेन्सी । बलिउड अभिनेता सलमान खानले बजरंगी भाइजानको सिक्वेल आउने घोषणा गरेका छन् । बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र ‘आरआरआर’को प्रि रिलिज प्रमोशन कार्यक्रममा उनले फिल्मको सिक्वेल आउने घोषणा गरेका हुन् । ‘बजरंगी भाइजान–२’राजामौलीका पिता तथा बाहुबली फिल्मका लेखक विजयेन्द्र प्रसादले लेख्नेछन् । उनैले पहिलो भागको कथा लेखेका थिए ।

‘आरआरआर’ टीमलाई सपोर्ट गर्नको लागि सलमान फिल्मको हिन्दी रिमेकको प्रोमशन कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सलमानले एसएस राजमौलीको बुवाले आफूलाई करियरकै उत्कृष्ट फिल्म दिएको भन्दै प्रशंसा गरेका थिए । २०१५ मा रिलिज भएको भारत–पाकिस्तानको सम्बन्धमा बनेको फिल्मको कहानीलाई धेरैले मन पराएका थिए । फिल्मलाई कबीर खानले निर्देशन गरेका थिए ।

सम्बन्धित समाचार