२०८२ कार्तिक ३० गते , आईतबार

झापाकी कृपाले जितिन् सारेगमप लिटिल च्याम्पको उपाधि

sajilo news
पार्थ मण्डल
२०७८ माघ २३ गते , आईतबार
झापाकी कृपाले जितिन् सारेगमप लिटिल च्याम्पको उपाधि

झापा । सारेगमप लिटल च्याम्प सिजन १ को उपाधि झापा बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् । बिर्तामोड २ रामचोक निवासी १४ वर्षीया पौडेल सारेगमपको पहिलो विजेता बनेकी हुन् ।

गायनमा उत्कृष्ट पौडेललाई आज राती सम्पन्न ग्राण्ड फिनालेबाट विजेता घोषणा गरिएको थियो । उनले सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा विजेता घोषित गरिएको हो । उनले फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिहात पारेकी हुन् ।

यस्तै, सारेगमपको फस्ट रनरअप झापा मेचीनगरकी रोसा फुयाँल भएकी छिन भने सेकेन्ड रनरअप सिलिगुडीका आदित्य विश्वकर्मा भएका छन् ।

सम्बन्धित समाचार