२०८२ माघ ५ गते , सोमबार

इँटा उद्योगीको ज्यादतीविरुद्ध संर्घष समितिले बुझायो श्रम, घरेलु र प्रशासनमा हस्ताक्षरसहितको ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
इँटा उद्योगीको ज्यादतीविरुद्ध संर्घष समितिले बुझायो श्रम, घरेलु र प्रशासनमा हस्ताक्षरसहितको ज्ञापनपत्र

(पार्थ मण्डल) झापा । इँटा उद्योगीको दादागिरी र ज्यादतीविरुद्ध गठित कचनकवल वातावरण संरक्षण तथा संवर्धन सङ्घर्ष समितिले स्थानीयस्तरबाट हस्ताक्षर संकलन गरी सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । 

गाउँपालिकाभित्र सञ्चालित ६ वटा इँटा उद्योगको ज्यादतीविरुद्ध संर्घषमा उत्रिएका समितिले बुधवार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र श्रम कार्यालय झापामा संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको हो । 

संर्घष समितिका संयोजक निश्चल दाहालको नेतृत्वमा पुगेका टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सो ज्ञापनपत्र बुझाएका हुन् । त्यसपछि घरेलु र श्रम कार्यालयका प्रमुखलाई पनि ज्ञापनपत्र बुझाएका थिए । कचनकवल–६ स्थित बनियानीमा इटाँभट्टाबाट पीडित, स्थानीय युवा र कानुन व्यवसायीको उपस्थितिमा माघ १८ गते संर्घष समिति गठन गरेका थिए । 

गठित संर्घष समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार इँटा उद्योग वरिपरि बसोबास गर्ने ४७५ घरधुरीबाट ८७८ जनाको हस्ताक्षर बुझाएर सम्बन्धित सरोकारवाला निकायहरूलाई लिखित रुपमा ध्यानाकर्षण गराएको संर्घष समितिका संयोजक निश्चल दाहालले जानकारी दिए ।  यता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले सम्बन्धित इँट्टा उद्योगीलाई बोलाएर यस बारेमा बुझ्ने र त्यसपछि मात्र कानुनी दायरा ल्याउने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जाहेर गरे । 

सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखरीको नाममा मापदण्ड विपरीत जथाभाबी खेतीयोग्य जमिनको माटो उत्खनन गर्ने, सोही माटो इँटा भट्टालाई बिक्री वितरण गर्ने, सडकमा जथाभाबी ठुला सवारीसाधन कुदाउँदा दुर्घटनाको जोखिम बढेको, इँटा भट्टा निस्किने धुवाले वायु प्रदूषणसँगै खेतीपातीमा प्रत्यक्ष असर पारिरहेकोले त्यसविरुद्ध संर्घषमा उत्रिनु परेको संर्घष समितिका संयोजक दाहालको भनाई छ । 

तीन वर्ग किलोमिटर भन्दा कम क्षेत्रमा ६ इँटा भट्टा सञ्चालन रहेको छ । ज्योति इँटा भट्टा, स्टार इँटा भट्टा, दुई स्थानमा एसबिआइ इँटा भट्टा, चण्डी इँटा भट्टा, र प्रेम इँटा भट्टा सञ्चालित छ । सो भट्टाहरूले एक सिजनमा करोडौँ इँटा उत्पादन गर्दै आएको छ । एक लाख इँटा चिम्नीमा पोल्दा १८ देखि २५ टन सम्म पत्थर कोइला खपत हुन्छ । 

भट्टाबाट निस्किने कालो रङ्गको धुवाले कति वातावरण प्रदूषण गर्दैछ  । यसले मानवीय स्वास्थ्यमा पनि गम्भीर असरमा पारिरहेकोले मौन बसेका सम्बन्धित निकायलाई विभिन्न मागसहित ध्यानाकर्षण गराउनु परेको समितिका सदस्य रत्नकुमार बुढाथोकीले जानकारी दिए ।  बुझाएको ज्ञापनपत्र बमोजिम पनि सम्बन्धित निकायले चासो नदेखाएर थप संर्घषका कार्यक्रम सार्वजनिक गर्दै जाने समितिका सदस्य सोम चम्लागाईले बताए । 

 


सम्बन्धित समाचार