२०८२ माघ ५ गते , सोमबार

चारआली–केचना सडक खण्ड : पाँच दिनभित्र काम गर्ने सहमतिपछि बन्द सडक खुल्यो

sajilo news
पार्थ मण्डल
२०७८ चैत्र ७ गते , सोमबार
चारआली–केचना सडक खण्ड : पाँच दिनभित्र काम गर्ने सहमतिपछि बन्द सडक खुल्यो

आन्दोलित बनेका धुलोपीडित स्थानीय र निर्माण कम्पनीका पक्ष बिच भद्रपुर नगरपालिकामा सहमति भएको छ । निर्माण कम्पनी पक्षका मेघराज भट्टराईले पाँच दिनभित्र कालोपत्रेको काम सुचारु गर्ने लिखित सहमति गरेपछि सोमबार विहान साढे ८ बजेदेखि अवरुद्ध सडक स्थानीयले दिउँसो १ः३० बजे खुलाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । 

साथै काम सुचारु नभएसम्म बिहान बेलुका सडकमा पानी हाल्ने सहमति भएको उनले बताए । स्थानीयले सडक अवरोधको गरेपछि नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई प्रहरी निरीक्षक राईले घटनास्थलबाटै सडक खुलाउन सहजीकरणको लागि आग्रह गरेका थिए । त्यसपछि निर्माण पक्षका भट्टराई सम्पर्कमा आएको थियो । स्थानीयले भद्रपुर नगरपालिका कार्यालयदेखि करिब २०० मिटर दक्षिण भानुचोकमा र संगमचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका थिए ।

यो पनि

http://timesofpradesh.com/news/1647844513

सम्बन्धित समाचार