२०८२ फाल्गुन ४ गते , सोमबार

एमसिसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी

sajilo news
झापा
२०७८ चैत्र ८ गते , मंगलबार
एमसिसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी

अमेरिकी सहयोग परियोजना एमसिसीको काम सुरू भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।

अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।

सूचनामा उल्लेख छ‚ ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकाले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूलै अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ।’

अधिग्रहण गरिएका घरजग्गाको मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको एमसिएले जनाएको छ।

सूचनामा उल्लेख छ‚ ‘नेपाल सरकार, अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसीए नेपाल०द्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरु समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको छ।’

सम्बन्धित समाचार