२०८३ बैशाख १० गते , विहीबार

मिल्स गोल्डकप : साइनो स्पोर्टिङ क्लब  सेमिफाइनलमा 

sajilo news
मोरङ
२०७८ चैत्र १३ गते , आईतबार
मिल्स गोल्डकप : साइनो स्पोर्टिङ क्लब  सेमिफाइनलमा 

‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । 

विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो । 

निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट लिएको हो । 

सडन डेथमा साइनोका निशान लिम्बु, निसन लिम्बु, कैलाश बस्नेत, दिवाकर चौधरी, मीन धिमाल, भुवन बस्नेत र दिनेश राईले गोल गरेका थिए । किसन सुब्बा र असीम राईको प्रहार उदयपुरका गोलकिपर करण राईले सेभ गरिदिएका थिए भने खमिर गिल्सनको प्रहार बारमा लागेर बाहिरियो । 

उदयपुरका सुशन तामाङ, दिल कुमार तामाङ, देवराज चौधरी, रवि शङ्कर चौधरी र रूपक फुयलले मात्र गोल गरे । साइनोका गोल किपर एन्जल श्रेष्ठले उदयपुरका चार जना खेलाडी पेनाल्टी सुट सेभ गरिदिए । दीपेश भुजेल, दीपक मगर, किरण राई र युवराज थापा मगरेको प्रहार साइनो गोलकिपर एन्जलले उत्कृष्ट सेभ गरिदिए । खेलको म्यान अफ द म्याच साइनका गोल  किपर एन्जल घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । 

यसअघि उदयपुरका सुशन तामाङले खेलको १७ औं मिनेटमा वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थिए । मुकेशले माझीले निकालिदिएको पासलाई सुशनले मध्य भागबाट एक्लै बल अगाडी बढाएर गरेको प्रहारलाई साइनोका गोलकिपर एन्जल श्रेष्ठले ठम्याउन सकेनन् ।

खेलको अतिरिक्त समय ७२ औं मिनेटमा साइनोका भुवन बस्नेतले दिएको क्रस पासलाई आशिष् राईले गोल गरी खेल बराबरीमा ल्याए । अन्तिम सम्मा उदयपुरका खेलाडी समालिन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । साइनोको गोलपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । 

दुवै टिमबिच निकै टक्कर भएको थियो । खेलको २२ औं मिनेटमा उदयपुरका दीपक मगरले फ्री किक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४६ औं मिनेटमा उदयपुरका प्रतिम चौधरीको कडा प्रहार पोसमाथिबाट बाहिरियो । 

साइनकोका दिनेश राईले ६० औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । ६७ औं मिनेटमा उदयपुरका सुुशन तामाङको प्रहार बाहिरियो । 

थप गरिएको पाँच मिनेटको अतिरिक्त समयमा साइनोले गोल गरेपछि उदयपुर दबाबमा देखियो । सोमबारको खेल साबिक विजेता एपीएफ पकली र गोल बजार प्रतिभा फुटबल क्लब सिराहा बिच हुनेछ । 

 

सम्बन्धित समाचार