२०८३ जेष्ठ २३ गते , शनिबार
कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
सुनसरीको हरिनगरा गाउँपालिका- ४ स्थितबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओम प्रकाश पाल रहेका छन ।
विशेष सूचनाको आधारमा गए राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा- ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको BR 39J 6835 नम्बरको मोटरसाइकलको डिकीभित्र प्लास्टिकमा बाँधेर लुकाई राखेको एउटा कटुवा पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।