२०८३ जेष्ठ २३ गते , शनिबार

अप्राकृतिक मैथुन मुद्दाका फरार प्रतिवादी भद्रपुरबाट पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ २४ गते , मंगलबार
अप्राकृतिक मैथुन मुद्दाका फरार प्रतिवादी भद्रपुरबाट पक्राउ

झापामा अप्राकृतिक मैथुन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ निवासी २४ वर्षीय सुक्लो सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च अदालत विराटनगर, इलाम इजलासबाट २०७५ फागुन १ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्दामा उनलाई ६ वर्ष ८ महिना २० दिन कैद र पीडितलाई १० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो ।

सोही दिनदेखि फरार रहेका सोरेनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुर उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि झापा कारागार पठाइने छ ।

सम्बन्धित समाचार