२०८३ जेष्ठ २३ गते , शनिबार
बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका- ४ मा बन्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा वराहक्षेत्र ४ का ३० वर्षीय देवराज धामी रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आइतबार बिहान पौने ६ बजे देवराजले आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीलाई सामान्य वादविवादको क्रममा बन्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते देव कुमारलाई तत्कालै उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको थियो । यता भाइको हत्या गर्ने दाजुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको प्रहरीले जनाएको छ ।