२०८२ पौष १ गते , मंगलबार

बिर्तामोडमा ‘क्राइम’ लघु चलचित्र

sajilo news
झापा
२०७९ असार ३० गते , विहीबार
बिर्तामोडमा ‘क्राइम’ लघु चलचित्र

‘मिसन बिर्तामोड’को सफलतापछि झापाली युवा ‘क्राइम’ नामक लघु चलचित्र निर्माणमा जुटेका छन् । समाजमा हुने बेथिति अन्त्यका लागि सहयोगी बन्न सक्ने अपेक्षाका साथ बीएसबी इन्भेस्टमेन्ट प्रा।लि।ले लघु चलचित्र निर्माण गर्न लागेको हो । यौनजन्य अपराध निरुत्साहन गर्न कथावस्तुमा करणी मुद्दालाई प्रमुख रुपमा उठाइएको छ । बोलवाला व्यक्तिले अबला नारीको चरित्रमा कसरी खेलबाड गर्न सक्छन् भन्ने विषयलाई समावेश गर्दै लघु चलचित्र निर्माण गर्न लागिएको बिर्तामोडमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘क्राइम’ नामक लघु चलचित्रका निर्माताका रुपमा राजन थापा रहेका छन् । झन्डै एक घण्टा अवधिको चलचित्र हुने बताइएको छ । चलचित्रमा सह निर्माताको रुपमा तीर्थ सिग्देल, प्रनिष पौडेल, सम्बल आचार्य, विशाल विमली, भुवन बास्कोटा, प्रशंसा बास्कोटा रहेका छन् । लघु चलचित्रको मनोज राई प्रस्तुत कर्ताको रुपमा रहेका छन् भने रोहण राईको लेखन तथा निर्देशन रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रितन सिगू लिम्बूको सह निर्देशन रहेको छ भने विपिन प्रसाईँ द्वन्द्व निर्देशकका रुपमा देखा पर्ने छन् ।

लघु चलचित्रमा कलाकारका रुपमा राजन थापा, राज सेर्मा, पूर्णिमा लिम्बु, सबिना बस्नेत, बिजु राई, किरण जबेगु, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, निर्मल महरा, कैलाश कट्टेल, कुमार राय रहेका छन् ।

लघु चलचित्रमा विशेष सहयोगीका रुपमा अर्जुन कँडेल, डिल्ली चुँडाल, प्रत्युष राना आजाद, भुवन सन्जेल, रेस लिम्बु, पुष्प बाँस्तोला, आशिष् राई, सन्त मेचे, प्रदीप श्रेष्ठ, पूजन लिम्बु, रुपेश लिम्बु ( जेठा बा), ज्ञानउदय लिम्बु, सञ्जय राजवंशी, सुनिल थापा, प्रवेश सुबेदी, रञ्जन प्रधान, सञ्जय मोदी, अर्जुनजंग थापा, प्रकाश सिवाकोटी, खेम पराजुली, एलबी समाल, धरणीधर पोखरेल, रमेश बोहरा, अशोक कार्की रहेका छन् । पदम तामाङ मेकअप र क्यामरा मेनमा सन्तोष राना मगर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित समाचार