२०८२ पौष १ गते , मंगलबार

टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप

sajilo news
एजेन्सी
२०७९ श्रावण ११ गते , बुधबार
टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप

बलिउड स्टार टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ । टाइगर र दिशा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, अहिले दुवै अलग भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक वर्षदेखि उनीहरूको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले आफ्नो सम्बन्धको आधिकारिक रूपमा कहिल्यै स्वीकार गरेनन् । तर, दुबैबीच प्रेम भने थियो ।

उनीहरूको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । उनीहरूबीच भएको केही असमझदारीले एकआपसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार