२०८२ चैत्र २ गते , सोमबार

हरिणको सिङसहित एक जना पक्राउ

sajilo news
मोरङ
२०७९ श्रावण १३ गते , शुक्रबार
हरिणको सिङसहित एक जना पक्राउ

हरिणको सिङको सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका १ गोकुवा निवासी ४६ वर्षीय संखर ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा बिहीबार राती १० बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अवैध हरिणको सिंह बरामद भए पश्चात् ऋषिदेवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार