२०८२ चैत्र २ गते , सोमबार

बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
सुनसरी
२०७९ श्रावण १३ गते , शुक्रबार
बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उप महानगरपालिका - १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटीएको प्रहरी टोलिले बिहीबार खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

विश्वकर्माको बालयौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतले २०७८ कार्तिक २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नम्बर १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको छ । उनलाई  सुनसरी जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिएको छ । 

सम्बन्धित समाचार