२०८२ चैत्र २ गते , सोमबार

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ श्रावण १४ गते , शनिबार
काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापामा फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका- ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका- १ स्थित भगवान् चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 
उनीहरूलाई मेचीनगर नगरपालिका- ६ स्थित काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो ।  इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउन फेला परेको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थपप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार