२०८२ चैत्र २ गते , सोमबार

झापाको दुवागढीमा गाँजा बिक्री गर्ने महिला पक्राउ 

sajilo news
झापा
२०७९ श्रावण १६ गते , सोमबार
झापाको दुवागढीमा गाँजा बिक्री गर्ने महिला पक्राउ 

झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा लागू औषध गाँजासहित एक महिलालाई पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाटै लागू औषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले आइतबार राती सवा १० बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । लागू औषध गाँजासहित पक्राउ परेकी खातुनको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । 

सम्बन्धित समाचार