२०८२ चैत्र २ गते , सोमबार

छोराको कुटपिटबाट बुबाको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण १७ गते , मंगलबार
छोराको कुटपिटबाट बुबाको मृत्यु

तेह्रथुम ।  तेह्रथुमको छथर गाउँपालिका ५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज मंगलबार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

सम्बन्धित समाचार