२०८२ चैत्र २ गते , सोमबार

विमानबाट मुम्बई हिँडेका सुन व्यवसायी सिआईबीको नियन्त्रणमा

sajilo news
झापा
२०७९ श्रावण १८ गते , बुधबार
विमानबाट मुम्बई हिँडेका सुन व्यवसायी सिआईबीको नियन्त्रणमा

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार सन्तोष लामिछाने पक्राउ परेका हुन्। उनी सुन व्यवसायी रहेको प्रहरीको भनाइ छ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए। उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। विमानमा अधिकांश सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ। 

ुमुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ।उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं,ु प्रहरीको उच्च स्रोतले भन्यो। 

सम्बन्धित समाचार