२०८२ चैत्र २ गते , सोमबार

झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ

sajilo news
झापा
२०७९ श्रावण १८ गते , बुधबार
झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ

झापामा लागु औषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ११ बुट्टावारि स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीय आइसा गिरी रहेकी छन् ।

उनलाई मङ्गलवार बेलुका अस्थायी प्रहरी चौकी सालवारिबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेकी गिरीको इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार