२०८२ पौष १ गते , मंगलबार

‘झिँगेदाउ’को ट्रेलरमा परिवारभित्रको कथा

sajilo news
झापा
२०७९ श्रावण २३ गते , सोमबार
‘झिँगेदाउ’को ट्रेलरमा परिवारभित्रको कथा

आउँदो भदौ १७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो ।

तीन मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । चलचित्रमा उनीहरू जेठानी देवरानीको भूमिकामा छन् । चलचित्र ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको हो ।

विवाह भएपछि दुई मिल्ने दाजुभाइबीच श्रीमतीका कारण झगडा, आमासँग मनमुटाव, जेठानी र देवरानीबीच साना(साना कुरामा लडाइँ, परिवार भाँड्न समाजका केही व्यक्तिले खेल्ने खेललाई ट्रेलरमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रमा मुकुन भुसाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय छ ।

भीमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कृतिमाथि बनेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेको हो। विष्णु कल्पितको छायांकन रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेको हो । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सहनिर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन्।

सम्बन्धित समाचार