२०८३ जेष्ठ २३ गते , शनिबार

बिर्तामोडका मेयर र उपमेयरविरुद्ध फेसबुकमा गलत भ्रम फैलाउने एक युवक पक्राउ

sajilo news
झापा
२०७९ भाद्र १२ गते , आईतबार
बिर्तामोडका मेयर र उपमेयरविरुद्ध फेसबुकमा गलत भ्रम फैलाउने एक युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका– ४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । 
बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिवार राती बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँ र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर–उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोस्ट गरेका थिए । 
दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जाल मार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए ।  उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।
 

सम्बन्धित समाचार