२०८३ जेष्ठ २३ गते , शनिबार
अवैध औषधीसहित गुरुङ दम्पती पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका २ बाट अवैध औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका- ८ घर भई वराहक्षेत्र नगरपालिका- २ मा बस्दै आएका २९ वर्षीय सुरज गुरुङ र उनका श्रीमती २४ बर्षीया पूर्णिमा गुरुङ रहेका छन् ।
अवैध औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ ।
अवैध औषधीसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।