२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ
झापामा दिदीबहिनीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक ७३ वर्षीय वृद्ध पक्राउ परेका छन् । बलात्कृत हुने ११ र १७ वर्षका दुई नाबालिका हुन ।
पक्राउ पर्नेमा झापा मेचीनगरका वृद्ध रहेका छन् । उनलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताए । पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेकी छन् । अनुसन्धानका लागि म्याद थपको तयारीमा रहेको प्रहरीले आरोपित र पीडितको बारेमा खुलाएको छैन ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प