२०८३ बैशाख २४ गते , विहीबार

महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद

sajilo news
एजेन्सी
२०७९ आश्विन २ गते , आईतबार
महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद

झापा । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणाले विवाद सिर्जना भएको छ। 

गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई बोलाइएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन्। सलमानलाई पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको आरोप लाग्दै आएको छ। 

खशोग्गीको सन् २०१८ मा हत्या भएको थियो। साउदी अरेबियाले भने उनको हत्यामा क्राउन प्रिन्स सलमानको कुनै पनि प्रकारको संलग्नता नरहेको बताउँदै आएको छ। ९६ वर्षको उमेरमा निधन भएकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि भोलि हुँदैछ।

सम्बन्धित समाचार