२०८३ जेष्ठ २३ गते , शनिबार
मेची पुलमा ३० ग्राम ब्राउन सुगरसहित दमकका कुमाल पक्राउ
झापा । मेची पुलमा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- १ स्थित सुनौलो टोल निवासी २१ वर्षीय मनोज कुमाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो डेढ बजेको समयमा इलाका प्रहरी कार्यालय र लागु औषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले कुमाललाई ३० ग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका- ६ स्थित मेची पुल नजिकबाट पक्राउ गरेको हो । कुमाल भारतबाट नेपाल तर्फ आइरहेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प