भुटानी शरणार्थी हत्या प्रकरण : घटनामा संलग्न ९ जना सार्वजनिक
दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ वर्षीय एलबि भन्ने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको चुलाचुली गाउँपालिकामा असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । आपराधिक पृष्ट भूमिका गुरुङले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरू मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।
धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरूले आफूहरू हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाभन्दा ३ दिन अगाडि मृतक एलबि भन्ने लालबहादुर गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपीहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा घटनास्थलमा रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि झ्याम्ले भन्ने नरेश कुमार याखाले घरबाट लगेको दापसहितको खुकुरी आफ्नै घर पछाडिको खेतमा फालेको र पछि त्यही फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिकै मृतकले चलाउने गरेको १९ प ३७२५ नम्बरको मोटरसाइकल दुवै टायर काटिएर लडाएर फालेको अवस्था फेला परेको थियो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प