२०८३ बैशाख २४ गते , विहीबार

रुसले आणविक हतियार प्रयोग गरे विश्वयुद्ध निम्त्याउन सक्ने ट्रम्पको चेतावनी

sajilo news
एजेन्सी
२०७९ आश्विन ७ गते , शुक्रबार
रुसले आणविक हतियार प्रयोग गरे विश्वयुद्ध निम्त्याउन सक्ने ट्रम्पको चेतावनी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लक्षित गरेर सामाजिक संजालमा टिप्पणी गरेका छन् । पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न इच्छुक रहेको संकेत गरेपछि ट्रम्पले प्रतिक्रिया दिँदै यस्तो द्वन्द्व कहिल्यै हुन नुहुने बताएका हुन् । उनले यसले विश्वयुद्ध निम्त्याउन सक्ने चेतावनी समेत दिए ।

सामाजिक संजालमा ट्रम्पले भनेका छन्, ‘यदि म अझै ओभल अफिसमा भएको भए द्वन्द्व निम्तिने नै थिएन । तर, मैले लामो समयदेखि स्पष्ट रूपमा भन्दै आएको हुँ कि अब यो युद्ध तेस्रो विश्वयुद्धमै गएर टुंगिन सक्छ ।’

यता पुटिनले भने युक्रेनमा थप तीन लाख जगेडा फौज पठाउने घोषणा गरेका छन् । तर उनको यस घोषणाको रुसमै बिरोध भइरहेको छ ।
 

सम्बन्धित समाचार