२०८३ बैशाख २४ गते , विहीबार

नाइजरमा भारी वर्षा, १७९ जनाको मृत्यु

sajilo news
झापा
२०७९ आश्विन ९ गते , आईतबार
नाइजरमा भारी वर्षा, १७९ जनाको मृत्यु

नियामे । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किँदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिण्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए । रासस/सिन्हृवा
 

सम्बन्धित समाचार