२०८३ जेष्ठ २३ गते , शनिबार
बिर्तामोडमा लागू औषधसहित तीनजना पक्राउ
झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीनजनालाई पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ बस्ने ३२ वर्षीय सन्त लिम्बू रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प