२०८३ जेष्ठ २३ गते , शनिबार
नाबालिकामाथि याैन दुर्व्यवहार गर्ने युवक पक्राउ
मोरङको लेटाङ नगरपालिका-२ मा ७ वर्षीया नाबालिकामाथि मंगलबार साँझ यौन दुर्व्यवहार भएको छ । लेटाङ-२ का २१ वर्षीय विशाल रम्तेलले साँझ ७ः३० बजेतिर दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प