२०८३ बैशाख २४ गते , विहीबार

अमेरिकामा शक्तिशाली आँधी, लाखौँ मानिस विस्थापित 

sajilo news
एजेन्सी
२०७९ आश्विन १३ गते , विहीबार
अमेरिकामा शक्तिशाली आँधी, लाखौँ मानिस विस्थापित 

झापा । अमेरिकाको फ्लोरिडास्थित दक्षिण–पश्चिम तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ।  आँधीका कारण भारी वर्षा र तीव्र हावा चलेको छ। यो आँधी दशकौँ यताको ठूलो र खतरनाक रहेको अधिकारीहरुले बताएका छन्। 

खतराको दृष्टिकोणले पाँचौ श्रेणीमा राखिएको आँधीसँगै प्रतिघण्टा २ सय ५० किलोमिटरको गतिमा हावा चलेको छ। आँधीबाट लाखौँ मानिस विस्थापित भएका छन्। 

बीबीसीका अनुसार १८ लाखभन्दा बढी मानिसको घरमा बिजुली आपूर्ति बन्द भएको छ। फ्लोरिडाका गर्भनर रोन डिसेनटिसले निकै खतरनाक समय आएको भन्दै प्रार्थना गरेर बस्न अपिल गरेका छन्। 

फ्लोरिडाको पश्चिमी तटमा ठोक्किएको आँधीका कारण हिजो अमेरिकामा अन्तर्राष्ट्रिय तथा घरेलु गरी चार हजारभन्दा धेरै उडान रद्ध गरिएको छ।

सम्बन्धित समाचार