२०८३ जेष्ठ २३ गते , शनिबार
प्रहरी भन्दै घरभित्र पसेर लुटपाट, लगे सुन र नगद
ललितपुरको एक घरमा गएराति लुटपाट भएको छ । महालक्ष्मी नगरपालिका ८ लुभुको चसी टोलस्थित विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ । लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प