२०८३ जेष्ठ २३ गते , शनिबार
ब्राउन सुगरसहित बिर्तामोडका राजवंशी पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई बिर्ता बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- १ घर भई बिर्तामोड ३ पशुपति टोलमा डेरा गरी बस्ने २१ वर्षीय राहुल राजवंशी रहेका छन् ।
शनिवार दिउँसो ३ बजे प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजवंशीलाई शङ्का लागेर उनको कोठामा चेकजाँच गर्दा १० ग्राम ब्राउन सुगर फेला परेको थियो ।
लागू औषधसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय अनारमणि झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प