२०८३ जेष्ठ २३ गते , शनिबार
कुटपिटबाट एक जनाको मृत्यु, घटनामा संलग्न तीनजना पक्राउ
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- ६ का ७० वर्षीय वृद्ध खटर सवरियाको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ४५ वर्षीय प्रमीला मण्डल, ३३ वर्षीया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् ।
उनीहरूले वृद्धलाई शनिवार बिहान कुटपिट गरेको र सोही कारणले उनको मृत्यु भएको थियो । घटना भए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोलीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प